हे ईश्वर उहिलेको उद्धार आशा भविष्यको
१. हे ईश्वर उहिलेको उद्धार आशा भविष्यको
आँधी बतासमा हाम्रो आड़ अनन्त लोक हाम्रो
२. तपाईंको गद्दी छायामा हामी निडर बस्छौँ,
तपाईंको हातमा भरोसा राखी सुरक्षित छौँ
३. जगको सृष्टि भन्दा अघि तपाईं हुनुहुन्छ
परमेश्वर अनादिदेखि अनन्त कालसम्म
४. वर्ष हजार एक क्षण जस्तो तपाईंको दृष्टिमा
बिलाउँछ जस्तै अँध्यारो सूर्यको ज्योतिमा