येशू मरे मेरोलागि उनको गर्छु जयजयकार

 


१. येशू मरे मेरोलागि, उनको गर्छु जयजयकार
स्वर्गलोकको दुःखलाई त्यागी क्रूसमा बोके पापको भार.


को.
येशू मरे मेरोलागि, म सुनाउँछु समाचार
अहिले अनि स्वर्ग पुनी गाउँछु ख्रीष्टको जयजयकार.


२. मैले डाँड़ामा भिरालो भेड़ाझैँ बाटो भुलेँ
ख्रीष्टले भेट्टाई मारे अङ्गालो मलाई प्रेमसाथ घर ल्याए.


३. म ठेस खाई भएँ झलस्स, निको पारे चोट उनले
अन्धो थिएँ त्रासले ग्रस्त, येशूले उद्धार गरे.


४. मृत्यु नदी पुगीकन मलाई तार्नेछन्‌ येशू
स्वर्गमा पसी प्रिय जन फेरि भेट्न पाउनेछु.

Leave a Reply

Your email address will not be published. Required fields are marked *