प्रभु नाथ मलाई डोर्याउनुहोस्
१. प्रभु नाथ मलाई डोर्याउनोस्, यात्री मरूभूमिमा
म त निर्बल, लौ समाउनोस् आफ्नो बलवान बाहुलीमा,
स्वर्गीय, रोटी, स्वर्गीय रोटी (मलाई दिनुहोस् सदा) (२)
२. खोल्नोस् जिउँदो पानी धारा, खोलो बग्न दिनुहोस्
आगो, मेघको खाँबोद्वारा मलाई नित्य डोर्याउनोस्,
वीर उद्धारक, वीर उद्धारक, (ढाल र गोहार बन्नुहोस्) (२)
३. मृत्यु नदी तीर पुगेर म नमानूँ डर चिन्ता
नरक मरण नदेखेर कुशलसाथ स्वर्ग पुगूँला,
स्तुति गाना, स्तुति गाना (गाउँछु तपाईंलाई सदा) (२)