एउटा फोहोरा

 


इमानुएलको रगतले भरिएको त्यहाँ एउटा फोहोरा छ
त्यसमा डुब्ने पापीहरू सबको दोषी दागहरू मेटिन्छन
दोषी दागहरू मेटिन्छन्, दोषी दागहरू मेटिन्छन्,
त्यसमा डुब्ने पापीहरू सबको दोषी दागहरू मेटिन्छन्.


त्यो फोहोरा देखेर क्रूसको चोर खुसीले आनन्दित भए
र ति चोर झैँ म निच भएँ नि, मेरा सबै पाप धोइयो,
मेरा सबै पाप धोइयो, मेरा सबै पाप धोइयो
र ति चोर झैँ म निच भएँ नि, मेरा सबै पाप धोइयो.


मर्नुहुने थुमाको रगतको शक्ति कहिल्यै डग्नेछैन
जबसम्म ख्रीष्टको मुक्त चर्च, बचाईन्छ, पाप नगर्नलाई
बचाईन्छ, पाप नगर्नलाई, बचाइन्छ, पाप नगर्नलाई
जबसम्म ख्रीष्टको मुक्त चर्च, बचाईन्छ, पाप नगर्नलाई.


जब विश्वासद्वारा देखेँ मैले तपाईंको त्यो चोटको धारा
उद्धारगर्ने प्रेम मेरो गीत बन्यो, म गाउनेछु बाचुन्जेल
म गाउनेछु बाचुन्जेल, म गाउनेछु बाचुन्जेल
उद्धारगर्ने प्रेम मेरो गीत बन्यो, म गाउनेछु बाचुन्जेल.


जब तोते बोल्ने यो जिब्रो मौन भई बस्छ चिहानमा
तब मिठो गीतमा म गाउनेछु, तपाईंको बचाउने शक्ति
तपाईंको बचाउने शक्ति, तपाईंको बचाउने शक्ति
तब मिठो गीतमा गाउनेछु, तपाईंको बचाउने शक्ति.

Leave a Reply

Your email address will not be published. Required fields are marked *