लिनोस् प्रभु मेरो(Nottingham)

 


१. लिनोस्‌ प्रभु मेरो ज्यान, होस्‌ तपाईंलाई बलिदान
लिनोस्‌ हरेक दिन र क्षण सधैँ स्तुतिमा बितून्‌.


२. लिनोस्‌ मेरो हात, प्रभु, लाउनोस्‌ काममा तपाईंको
लिनोस्‌ मेरो पाउ, प्रभु, आफ्नो पथमा हिँड़ाउन.


३. लिनोस्‌ मेरो स्वर, प्रभु, तपाईंको बढ़ाइ गर्छु
लिनोस्‌ मेरो ओठ, प्रभु, होस्‌ सुवचन भरेको.


४. लिनोस्‌ मेरो धन, प्रभु, सब तपाईंलाई बुझाउँछु
लिनोस्‌ बुद्धि, ज्ञान, प्रभु, वशमा ल्याई तपाईंको.


५. लिनोस्‌ इच्छा, हे प्रभु आफ्नैसित मिलाउनु
लिनोस्‌ मन आफ्नै ठान्नोस्‌ तपाईंको सिंहासन होस्‌.


६. लिनोस्‌ मेरो प्रेम, प्रभु चरणमा म खन्याउँछु
लिनोस्‌ तन-मन-धन, प्रभु, ख्रीष्टकै लागि जिउनेछु.

Leave a Reply

Your email address will not be published. Required fields are marked *