हे मेरो प्राण उठ् सँग घाम र पूरो गर् सब आफ्नो
१. हे मेरो प्राण, उठ् सँग घाम र पूरो गर् सब आफ्नो काम
अल्छी छाड़् र स्तुति गा, बिहानको प्रार्थना चढ़ा.
२. बिता यो दिन भई बुद्धिमान्, सबै दिनलाई त अन्तकै ठान्
ईश्वरको दानको गर् विचार, न्यायको लागि बस तैयार.
३. हे ईश्वर, गर्छु प्रार्थना यो, जे-जे गरूँला आज म
त्यो सबमा मलाई गोहार देऊ, मनमा पवित्र आत्मा देउ.
४. अँ आज मेरो बाटोले आफ्नो महिमा बढ़ाइदेऊ
अँ पिता, पुत्र, आत्माका सधैँको परम महिमा.