राख्छु म ख्रीष्टको वचनमा विश्वास
राख्छु म ख्रीष्टको वचनमा विश्वास
उनको श्रेष्ठ नाममा नित्य महिमा होस्
मेरो गीत छ सदा उनको स्तुति होस्
राख्छु ख्रीष्टको वचनमा विश्वास
को.
राख्छु, राख्छु, राख्छु ख्रीष्टको प्रतिज्ञामाथि भरोसा
राख्छु, राख्छु, म राख्छु उनको वचनमा विश्वास
छ विश्वास त्यस वचनमा जो टल्दैन
जब द्विधा र भयको बाढ़ उठ्छ
उनको जीवित वचनले जित्नेछु म
राख्छु ख्रीष्टको वचनमा विश्वास
विश्वास गरी वचनमा म देख्दछु
पापलाई धोइदिने रगत येशूको
ख्रीष्टले दिएको छुटकारा गीत गाउँछु
राख्छु ख्रीष्टको वचनमा विश्वास