यो सुनाऔँ किन येशूले ग्रहण गर्छन् पापीलाई
१. यो सुनाऔँ किन येशूले ग्रहण गर्छन् पापीलाई
स्वर्गीय मार्गमा लड़्ने बाटो भुल्ने यात्रीलाई.
को.
हामी गाऔँ निरन्तर, गाऔँ, पापीलाई ग्रहण गर्छन्
सुसमाचार प्रष्ट सुनाऔँ, येशूले बचाउँदछन्.
२. ख्रीष्टको वचन अप्नाई आराम पाउँछौँ हामीले
सबैभन्दा दुष्टलाई ग्रहण गर्छन् येशूले.
३. मलाई ख्रीष्टले शुद्ध पारी ऋण चुकाए व्यवस्थाको
अब ठहरिन्छु निर्दोष सामुन्नेमा परमेश्वरको.
४. येशूले गर्छन् ग्रहण पापी सब, मलाई पनि,
स्वर्ग जान्छु उनकहाँ, शुद्ध भई पापदेखि.