Bhajan 339 -प्रतिज्ञा गरेँ, येशु Pratigya Garey Yeshu
१. प्रतिज्ञा गरेँ, येशू, म सेवा गर्नेछु
मसँग सधैँ बस्नोस्, हे साथी र प्रभु
लड़ाइँदेखि डराउन्नँ नजीक हुनुभए
तपाईंको पथ बिराउन्नँ पाउ डोर्याउनुभए.
२. छेऊ मेरो बस्नोस्, येशू सांसारिक मायाले
फसाँउछ मलाई सधैँ लोभ्याउने स्वरले
छन् शत्रु चारैतिर मनभित्र छन् पनि
हे येशू, आई प्राणलाई जोगाउनोस् पापदेखि.
३. स्वार्थको झगड़ादेखि ईर्ष्याको आँधीमा
म स्वर तपाईंको सुनूँ मधुर, शान्त, सफा
मलाई चेताउनी, साहस वा हप्की होस्, प्रभु
बोली मलाई सुनाउनोस्, हे रक्षक प्राणैको.
४. हे येशू, यो प्रतिज्ञा चेलालाई दिइयो कि
“जहाँ म छु, हुनेछौ त्यहाँ तिमी पनि”
हे येशू, वचन दिएँ म सेवा गर्ने छु
तपाईंको पछि लागूँ, हे साथी र प्रभु.