1. महान् विश्वस्तता पिता तपाईंको, तपाईंमा फेरिने छायाँ छैन
जस्ताको त्यस्तै नै रहनुहुन्छ, कृपाको अन्त कहिल्यै हुँदैन.
को.
महान् विश्वस्तता महान् विश्वस्तता
हरेक विहान नयाँ दया देखाई
पुर्याउनुभो अभाव मेरो तपाईंले,
महान् विश्वस्तता हुन्छ मलाई.
2. रहुन्जेल पृथ्वी बीउ छर्ने र कटनी, ग्रीष्म र शिशिर जून तारा र घाम
सारा प्रकृति साथ दिन्छन् गवाही तपाईंको कृपा विश्वस्तता प्रेम.
3.पापको क्षमा अनि खपुवा शान्ति साहस र अगुवाई दिने तपाईं
आजको शक्तो र भोलीलाई आशा आशिष् प्रशस्त रहन्छन् मलाई.