१. जान्दिनँ म परमेश्वरले प्रेम किन गर्नुभो,
वा ख्रीष्टले किन बचाए अयोग्य प्राण मेरो .
को.
तर कसमाथि विश्वास राखेँ सो जान्दछु म र निश्चय छु म
कि उनलाई जे मैले सुम्पेँ, राख्नेछन् सुरक्षासाथ.
२. जान्दिनँ कसरी बचाउने विश्वास दिए उनले
वा उनको वचन पत्याउँदा मनमा शान्ति पाएँ.
३. जान्दिनँ कसरी आत्माले जग दोषी ठहर्याउँछन्
वा वचनद्वारा येशूलाई प्रकट गराउँछन्.
४. जान्दिनँ के आइपर्नेछ म मर्नभन्दा अघि
कि हुन्छ मलाई दुःख वा सुख, तृप्ति वा गरीबी.
५. जान्दिनँ म कहिले, कहाँ येशू फेरि आउलान्
कि मरेपछि भेटूँला कि भेटूँ आकाशमा.