कस्तो बलियो जग

 


१. कस्तो बलियो जग, हेर पबित्र जन, तिम्रो विश्‍वासको जग, ख्रीष्टको श्रेष्ठ वचन
पर्याप्त छ उनको वचन तिमीलाई, जो येशूकहाँ गयौ शरण पाउनलाई


२.’ नडरा म छु नजीक, नहो निराश, म हुँ तेरा परमेश्‍वर गर्छु गुहार
मेरो धार्मिकताको दायाँ हा तले, तँ खडा हुनेछस् मेरो सामर्थ्यले


३.आगोको परीक्षा भएर जाँदा, मेरो अनुग्रह प्रशस्त हुन्छ सदा
ज्वालाले तँलाई पोल्नेछैन कतै, कसरलाई फालेर खारिन्छस् सुन जस्तै


४. त्यो प्राण जो शरण लिन्छ ख्रीष्ट येशूमा, छोड्दीन कदापि शत्रुको हातमा
त्यो प्राणलाई शैतानले खोजे नाश गर्न, म कदापि, कदापि त्यो त्याग्नेछैन

Leave a Reply

Your email address will not be published. Required fields are marked *