जीवनभर प्रेम ख्रीष्टलाई म गर्नेछु

 


१. जीवनभर प्रेम ख्रीष्टलाई म गर्नेछु,
सुनिदेऊ प्रार्थनालाई शरण पर्छु
जीवनभर भक्तिसाथ अधिक प्रेम म गर्छु,
त्यो अधिक प्रेम ख्रीष्ट म गर्छु.


२. सांसारिक मोहमा खोजेँ आराम,
बिन्ती छ देऊ मलाई आत्मिक विश्राम
सधैँ-सधैँ भक्तिसाथ, अधिक प्रेम म गर्छु,
त्यो अधिक प्रेम ख्रीष्ट म गर्छु.


३. शैतानले बारम्बार गर्यो लाचार,
तिमी छौ तारणहार लाउँछौ भव पार
जयजयगानसाथ प्रभु, अधिक प्रेम म गर्छु,
त्यो अशिक प्रेम, ख्रीष्ट म गर्छु.


४. संसार जब त्याग्दछु, ख्रीष्ट मलाई लेऊ,
त्रिएक ईश्वरको म भक्त बन्नेछु
यो मेरो दृढ़ प्रण हो, अधिक प्रेम
म गर्छु त्रिएक प्रभुलाई प्रेम म गर्छु.

Leave a Reply

Your email address will not be published. Required fields are marked *