१. परम प्रेमी सर्वश्रेष्ठ, ओर्लिआउनोस्‌ जगत्‌मा
सयाभन्दा दया गरी वास गर्नोस्‌ तुच्छ हामीमा
येशू दयापूर्ण भई निर्मल प्रेम अपार तपाईं
हरेक नम्र मनमा आई लौ बचाउनोस्‌ हामीलाई.


२. सर्वशक्तिमान्‌ उद्धारक, आउनोस्‌ सबैलाई बचाई
फर्की जगत्‌मा अचानक लौ, नछोड़्नोस्‌ मण्डलीलाई
प्रभु, तपाईंलाई गरौँ सेवा स्वर्गदूतलाई गरे झैँ
प्रार्थना स्तुति गरौँ सदा भजी ख्रीष्टको प्रेम सधैँ.


३. परिवर्तन पूरा गर्नोस्‌, हामी निष्कलंक बनौँ
आफैसँग फेरि मिलाउनोस्‌, मुक्तिदाताको दर्शन पाऔँ,
तेजैबाट तेजैतिर परिवर्तन होस्‌ अपार
ख्रीष्टको पाउ नपरेसम्म प्रेमसाथ गरी जयजयकार.

Leave a Reply

Your email address will not be published. Required fields are marked *