१. त्यो क्रूसमा जब हेर्दछु जसमा मारिनुभो’ येशू
धन-सम्पत्ति म तुच्छ ठान्छु घमण्ड त्यागी नरम हुन्छ.


२. येशूले भोगे मृत्यु-दण्ड खाली यसमा गर्छु घमण्ड
मलाई लोभ्याउने थोकहरू म उनको लागि त्याग्दछु.


३. लौ उनको शिर, हात, पाउदेखि हेर दुःख र प्रेम मिसी बग्यो
छ शिरमा काँड़ा बुनेको के अघि यस्तै मुकुट थियो ?


४. सब संसार भए ता मेरो, त्यो पनि तुच्छ दान हुन्थ्यो
लौ यत्रो प्रेमको योग्य दान हो जीवन, आत्मा, जीउ र प्राण.

Leave a Reply

Your email address will not be published. Required fields are marked *