येशू मलाई गर्छन् प्यार
१. येशू मलाई गर्छन् प्यार, यो हो सब बाइबलको सार
बालक उनका हुन् वरदान, ती निर्बल उनी बलवान्.
Ref
प्यार गर्छन् मलाई, प्यार गर्छन् मलाई
प्यार गर्छन् मलाई, येशूले गर्छन् प्यार.
२. येशू मलाई गर्छन् प्यार, प्राण दिई खोले स्वर्गको द्वार
मेरो पाप सब धुनेछन्, बालकलाई बोलाउँदछन्.
३. येशू मलाई गर्छन् प्यार, जस्तै निर्बल छु बिमार
आफ्नो सिंहासनदेखि देख्तछन् सधैँ मलाई.