१. राजा परमेश्वरको सृष्टि, स्वरले आफ्नो राग उचाली गाऊ स्तुति
हल्लेलूयाह, हे किरण घामको जस्तो सुन, आकाशमा चाँदीजस्तो जून.


को.
गाऊ स्तुति, उनको स्तुति हल्लेलूयाह, हल्लेलूयाह, हल्लेलूयाह.


२. हे हावा, जोरमा सामर्थी आकाशको बादल, हे तिमी गाऊ स्तुति
बिहानको ज्योति, स्तुति गाऊ बेलुका, चम्की खूब कराऊ, हल्लेलूयाह.


३. हे सफा धारा, बग्दै गाऊ, प्रभुले सुनुन्‌ राग बजाऊ, गाऊ स्तुति
हे आगो, मालिक, चम्किलो उज्यालो दिने मान्छेको, हल्लेलूयाह.


४. सब नम्र मनका गर राग, माफ दिई लेऊ आफ्नो भाग, गाऊ स्तुति
हे दुःख सहनेहरू हो, शरण र आशा उनमा हो, हल्लेलूयाह.


५. हे मरण, दिन्छ जो विश्राम जब गरिसक्यो हाम्रो काम, गाऊ स्तुति
ईश्वरको बालक, स्वर्गलाई देखाउँछौ बाटो येशूकै, हल्लेलूयाह.


६. सब थोकले गाऊन्‌ धन्यवाद, दीन भई गरून्‌ सधैँ याद, गाऊ स्तुति
पितालाई स्तुति, पुत्रलाई, आत्मालाई पनि गाऊ जय हल्लेलूयाह.

Leave a Reply

Your email address will not be published. Required fields are marked *