येशू वरदानको मूल–धारा

 


१. येशू वरदानको मूल–धारा, गरूँ योग्य प्रशंसा
दया–खोला लगातार बगिरहेछ ममा
स्तुति गर्न दिनोस् मलाई स्वर्गदूतले गरे झैं
प्रभु ख्रीष्टको प्रेम र भलाइ छ अगाध अपार सधैं


२. यतिञ्जेल मेरो उद्धारक तपाई हुनुभो’ आफै
राखी “एवेन्एजर” स्मारक अघि बढ्छु स्वर्गमै
बगाल छोड्ने भेडाजस्तो मलार्ई खोजे येशूले
नाशदेखि बचाउन आफ्नो अमोल रगत बहाए


३. ईश्वरको अनुग्रह हेरी ऋणी आफूलाई ठान्छु
त्यो अनुग्रह साङ्गलोसरी बाँधोस् चञ्चल मन मेरो
आफ्नै सुरमा जान खोज्ने मन छ मेरो, छैन स्थिर
लिनोस् मन, हे लिनोस् प्रभु, स्वर्गको लागि राख्नोस् दृढ

Leave a Reply

Your email address will not be published. Required fields are marked *