मान र विश्वास

 


१. येशूसाथ-साथ हिँड़्दा वचनको ज्योतिमा,
हाम्रो बाटो गराउँछन्‌ प्रकाश
हाम्रो हुन्‌ पालनहार उनको इच्छाअनुसार,
यदि गर्दछौँ मान र विश्वास


को.
मान र विश्वास गरे ख्रीष्टमा छ आश
येशूलाई गर्नुपर्छ खालि मान र विश्वास


मेघ अँध्यारो आए येशूको मुहारले,
चाँड़ै पार्दछ निर्मल आकाश,
न ता शंका, न ता भय, न ता आसुँ न हाय,
हामी गरूञ्जेल मान र विश्वास


आफ्ना भारी बोकी अरूलाई साहस दिई,
श्रमको फल पाऔँला ख्रईष्टको श्याबास,
संकट, आपद र क्लेश हामीलाई छ आशिष्‌,
यदि गर्दछौँ मान र विश्वास


तर तन-मन र धन अर्पण नगरुञ्ज्याल,
हामी येशूमा हौँला निराश,
कारण आनन्द र जय येशू दिन्छन्‌ त्यसलाई,
जसले गर्दछन मान र विश्वास


उनको सङ्गतिमा पाउनेर बसौँला,
बाटोमा हिँड़ौँला उनको पास
उनको आज्ञा मानौँ जहाँ पठाउनेछन जाऔँ,
डर नहोस्‌ खालि मान र विश्वास

Leave a Reply

Your email address will not be published. Required fields are marked *