प्रार्थनाको समय के मीठो

 


१. प्रार्थनाको समय के मीठो सांसारिक चिन्ता छोड़्दछु
औ आफ्नो पिताको सन्मुख म सब बताउँछु आफ्नो दुःख,
ममा जब आउँछ विपत्ति, उनले छोड़ाउँछन्‌ तीदेखि
शैतानको जालदेखि बाँच्छु जब प्रार्थना गरी उठ्दछु


२. प्रार्थनाको समय के मीठो जब जान्दछु सच्चाइँ उनको
पितालाई बिन्ती चढ़ाउँछु र बाटो आशिष्को हेर्छु,
र जब बोलाउँदछन्‌ उनले कि उनलाई भजूँ सब समय
म आफ्नो चिन्ता प्रार्थनामा राख्छु गर्दै आशा उनैमा


३. प्रार्थनाको समय के मीठो दिलाशा मेरो सदाको
छ जबसम्म यो विश्वास, म जान पाउँछु उनको पास,
जब छोड़्छु म यस जगत्‌लाई पाउनेछु वासस्थान अनन्तकै
प्रभुको सामने तब आई गर्नेछु स्तुति उहाँलाई

Leave a Reply

Your email address will not be published. Required fields are marked *